एजेन्सी, २९ चैत । इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिस्टियानो रोनाल्डोले गोल गर्नु कुनै आश्चर्य नभएको बताएका छन् ।
प्रशिक्षक एलेग्रीले भने, ‘च्याम्पियन्स लिगमा आयक्सविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको गोल कुनै आश्चर्य नभएको उनको भनाइ छ । ‘रोनाल्डो भर्खर टोलीमा फर्किएका छन् । उनले धेरै राम्रो खेल्दै आएका छन् । उनी आफ्नो एक्सनमा फर्किए जस्तो लाग्छ । उनले गोल गर्नु कुनै आश्चर्य होइन । किनकी उनी रोनाल्डो हुन् ।’
च्याम्पियन्स लिगमा क्वार्टरफाइनल खेलको पहिलो लेगमा डच टोलीविरुद्ध रोनाल्डोले एक गोल गरेका थिए । खुट्टाको चोटले एक महिनाको विश्रामपछि उनीले टोलीमा पुनरागनम गरेका थिए । आयक्सविरुद्ध उत्कृष्ट हाइभ हेड गोल गरेका उनले खेलभर सानदार प्रदर्शन गरे ।
रोनाल्डोको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिए पनि अन्तमा बराबरीमा चिक्त बुझाएको थियो । आयक्सविरुद्धको गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल संख्या एक सय २५ पुर्याएका छन् ।
प्रशिक्षक एलेग्रीले खेलमा रोनाल्डोबाट अन्य गोलको समेत अपेक्षा गरेको बताए । प्रशिक्षक एलेग्रीले दोस्रो लेगमा रोनाल्डोसहित टोलीले राम्रो खेल्ने दावी गरेका छन् ।



लाेकपाटी न्यूज

