यस्ताे छ आज डलरकाे भाउ, कुन देशको कति ?

Foreign currency
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य ११० रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै आज एक युरोको खरिद दर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रिदर १४५ रुपैयाँ १९ पैसा रहेको छ भने जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा र बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै कतारी एक रियालको खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्