काठमाडौं, २७ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई सर्वोच्च ल्याइएको छ ।
ओलीलाई न्यायाधीशद्वय अनिल सिन्हा र टंक मोक्तानको इजलासमा सुनुवाइ भइरहेको छ । गत बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ सहित उपस्थित गराउन आदेश दिएको थियो । हेमन्तकी छोरी विपना वलीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको थियो।
ओलीकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ । विस्फोटमा एकजनाको मृत्यु भएको थियो। ओली नेकपाका तेस्रो नम्बरका नेता हुन्। ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए।



लाेकपाटी न्यूज

