काठमाडौं, २४ चैत । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।
सन्दीपले आइतबार बैंङ्लोरविरुद्ध एक विकेट लिएसँगै उनकोे ५० ओभर पुरा भएको हो ।
गएको सिजनमा दिल्ली डेयर डेभिल्स हालको दिल्ली क्यापीटल्सबाट आईपीएल खेल्ने अवसर पाएका लामिछानेले अहिलेसम्म खेलेका ट्वान्टी—२० खेलमा गरी ५० विकेट पूरा गरेका हुन् । उनले आइपीएलपछि अस्ट्रेलियाको विग वास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका दर्जनौं प्रतियोगिता खेलिसकेका छन् । यो सिजनको आईपीएलमा सन्दीपले ५ विकेट लिएका छन् ।
ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा गर्नेमा सन्दीप पहिलो नेपाली बलर बनेका छन् । उनले आफ्नो तेस्रो तथा खेलको १५ औं आभेरको तेस्रो बलमा विकेट लिदै बैंगलोरका मोईन अलीलाई आउट गरेका हुन् । सन्दीपले दिल्ली क्यापिटल्सका लागि चौथो तथा महत्वपूर्ण विकेट लिएका हुन् ।



लाेकपाटी न्यूज

