कैदीबन्दीबीच झडप

kaiedibandi
लाेकपाटी न्यूज

मकवानपुर, २४ चैत। मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ । आइतबार कैदीबन्दीबीच झडप भएको हो।

आइतबार कारागारमा रहेका दुई पक्षमा विभाजित कैदीबन्दीबीच विवाद भएपछि झडपको अवस्था सृजना भएको हो। हात हालाहालको अवस्था भएपनि कोही घाईते नभएको बताईएको छ। उनीहरुबीच बिवादको कारण के हो भन्ने अहिलेसम्म बाहिर आउको छैन्।

झडपपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता (डीएसपी) यज्ञ प्रसाद भट्टराईले बताए। ९ सय जनाभन्दा बढी कैदीबन्दी रहेका त्यहाँ अहिले सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्