नेपाल प्रहरीको स्वास्थ्य शिविर, ५६७ जनाको परीक्षण

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, २३ चैत । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३५औं बार्षिकोत्सवको अवसरमा कीर्तिपुर नगरपालिका–६ टौदहस्थित शुभकामना एकेडेमीको प्राङ्गणमा शनिबार एकदिवसीय निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी अस्पताल र नौलो अभियान सहकारी संस्था टौदहको संयुक्त आयोजनामा संचालित उक्त शिविरमा ५ सय ६७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

शिविर संचालनका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र नेपाल प्रहरी अस्पताल महाराजगञ्जकी प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शिविरको उदघाटन गर्नुका साथै आ–आफ्नो मन्तव्यसमेत व्यक्त गरेका थिए।

शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, स्त्री तथा प्रसुती, शल्यचिकित्सा, चर्म तथा यौन रोग, दन्त रोग, बाल रोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा चेकअप, प्याथोलोजी, रेडियोलोजी, नेफ्रो, ड्रेसिङ तथा इसीजी लगायतमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै निःशूल्क औषधीसमेत वितरण गरिएको थियो ।

उक्त अवसरमा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य पुकार महर्जन, उक्त अस्पतालका प्रहरी नायव महानिरीक्षक डा. मिनराज पाठक, कीर्तिपुर नगरपालिकाकी उपप्रमूख सरस्वती खड्का, सोही नगरपालिका–६ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन, महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमूख, नौलो अभियान सहकारी संस्था टौदहका पदाधिकारीहरु, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत अन्य स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्