काठमाडौं। बलिउडकी चर्चित प्लेब्याक गायिका ‘नेहा कक्कड’ काठमाडौं आउने भएकी छिन्। पछिल्लो समय अत्याधिक रुचाएकी गायिका कक्कडका धेरै गीत हिट छन्।
जसमध्ये ‘आँख मारे, काला चस्मा, दिलबर दिलबर, लण्डन ठुमकदा’ लगायतका गीतहरू पर्छन्। उनलाई ‘पारामाउन्ट इन्टरटेन्मेन्ट’ ले नेपाल ल्याउन लागेको हो। नेहाको काठमाडौंमा चैत्र २७ र २८ गते दुई दिन कन्सर्टको आयोजना गरिएको छ।
२७ गते काठमाडौंको गैरीधारास्थित ‘लस एस्कोबारमा’ उनले लाइभ प्रस्तुति दिनेछिन्, २८ गते ठमेलस्थित ‘एलओडीमा’ उनको प्रस्तुति रहनेछ।
नेहाले आफू काठमाडौं आउन लागेको कुरा इस्टाग्राममा पनि पोस्ट गरेकी छिन्। उनले एउटा भिडियो बनाउँदै आफू नेपाल आउन लागेको र सोही भिडियोमार्फत् सबैलाई निम्तो पनि दिएकी छिन्।



लाेकपाटी न्यूज

