काठमाडौं, २१ चैत । नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’ को भिडियो सार्वजनिक गरिएको छाेटाे समयमै युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।
‘आँशुको अर्थ’ गीतलाई दर्शक तथा स्रोताले निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २– ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’ को भिडियो सार्वजनिक गरिएको हो।
गीतमा संचारकर्मी रवि अधिकारीको शब्द तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ। ‘आँशुको अर्थ २– ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’ गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको जिवन्त अभिनय रहेको छ । ‘आँशुको अर्थ १ मा भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो ।
यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापा को छायांकन र धमला विकासको सम्पादन रहेको यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।
गायक शिव परियारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतलाई उनले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन्। यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको यो गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।



लाेकपाटी न्यूज

