अर्घाखाँची, २१ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य भक्तबहादुर परियारले राजीनामा दिएका छन् ।
दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्षसमेत रहेका परियारले प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् ।अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले विप्लव नेतृत्वको पार्टीबाट राजीनामा दिएसँगै आफू अन्य कुनै पार्टीमा नलागी स्वतन्त्ररुपमा रहने बताएका हुन् । यसअघि, प्रदेश र संघीय निर्वाचन २०७४ मा अमर्यादित कार्य गरेको भन्दै उहाँलाई प्रहरीले पक्राउ समेत गरेको थियो । सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता राजिनामा दिन लागेका हुन् ।



लाेकपाटी न्यूज

