काठमाडौं, २१ चैत। भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा साबिक बिजेता चेन्नई सुपर किङ्गसले पहिलो हार व्यहोरेको छ।
बुधबारराती सम्पन्न खेलमा चेन्नाईलाई मुम्बई इण्डियन्सले ३७ रनले हराएको हो। यो हारसंगै लिगमा एक मात्र अपराजित टोली चेन्नईको यात्रामा समेत पूर्णविराम लागेको छ। चेन्नाईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो।मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो। उसका लागि केदार जादबले ५८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो।
उसका लागि सुर्य कुमार यादवले ५९ रन जोड्दा क्रुनाल पाण्डेयले ४२ रन बनाए। यो जितसंगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ। मुम्बई लिग तालिकाको छैटौं स्थानमा रहेको छ। ४ खेलबाट ६ अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ।



लाेकपाटी न्यूज

