कोटेश्वरमा टिपर आतंक, मोटरसाइकल चालकको मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । कोटेश्वरमा आज टिपर र माेटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक राजेन्कोद्र प्रसाद  आचार्यकाे मृत्यु भएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा २ ख ६७८२ नं को टिपरको ठक्करबाट बा ८३ प १७९७ नं का मोटरसाइकल लाइ ठक्कर दिँदा माेटरसाइकल चालक  आचार्यको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार रुपन्देही घर भई हाल कोटेश्वर बस्दै आएका ४३ वर्षीय आचार्यलाई टिपरले ठक्कर दिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले टिपरको ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको जानकारी दिएका हुन्। टिपर चालक धादिङका २७ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्