काठमाडौं, २० चैत । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ बाट पुरानोठिमी बस्ने काभ्रेका प्रज्वल श्रेष्ठ र लोकन्थली बस्ने सिन्धुपाल्चोकका साजन श्रेष्ठलाई लागूऔषध नाईट्राभेट २ सय ५५ ट्याबलेटसहित मंगलबार साँझ महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं लाजिम्पाट खुर्सानिटारबाट बालुवाटार बस्ने निर्मल थापा र दिपक थापा मगरलाई लागूऔषध डाईजेपाम, फेनरागन र नुर्फिन समेत गरी २७ एम्पुलसहित मंगलबार साँझ पक्राउ गरेको छ । लाजिम्पाट खुर्सानिटारस्थित सडकमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंकै ज्याठास्थित सडकबाट बालाजु बस्ने बागलुङ ग्वालिशोर गाँउपालिका–१ का बिमल गौचनलाई लागूऔषध डाईजेपाम, फेनरागन र नुर्फिन समेत गरी ३६ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिल नभएको कपडा सहित पक्राउ
जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट बिल नभएको करिब ४० लाख रुपैयाँ बराबरको कपडा सहित पर्सा सखुवा प्रसौनी गाउँपालिका–८ बस्ने ३२ वर्षीय सरोज पटेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले ना.५ ख ७९८४ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त कपडा फेला पारी ट्रकसहित चालक सरोजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।



लाेकपाटी न्यूज

