काठमाडौ, २०चैत। ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा बुधबार नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।
मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १-१ गोलको बराबरी खेलेको थियो । बुधबारको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ ।
जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन्। दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्ने छ। भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ। छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ।



लाेकपाटी न्यूज

