काठमाडौं, १६ चैत । प्रदेश नम्बर–२ को जनकपुरमा शनिबार सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को अडिसन हुँदैछ । उक्त अडिसन जनकपुरको आरआरएम क्याम्पसमा भइरहेको छ ।
यस अघि अन्तिमपटक गत सोमबार प्रदेश नम्बर–१ को इटहरीमा अडिसन भएको थियो । अब नेपाल लोक स्टारको अन्तिम अडिसन प्रदेश नं. ३ को काठमाडौं ९इङ्लिस प्रिपरेटोरी स्कुल०मा चैत २३ गते हुनेछ । प्रदेश नम्बर १, ४, ५, ६ र ७ मा अडिसन सम्मपन्न भइसकेको छ । सबै प्रदेशमा भएका अडिसनमा लोक गीतसंगीत प्रेमीको उत्साहजनक सहभागिता रहेकाले प्रदेश २ र ३ मा पनि त्यसले निरन्तरता पाउने अपेक्षा गरिएको आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए ।
दुई जना म्युजिक टिचर १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले प्रि–अडिसनमा आएकारुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्दै आएका छन् । निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।
७ वटै प्रदेशमा हुने अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने अध्यक्ष कोइरालाको भनाइ छ ।
‘नेपाल लोक स्टार’को मोवाइल एपबाट पनि अडिसन दिने व्यवस्था मिलाइएको छ । यसका लागि आयोजकले फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए । अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । ‘लोक गीत गाउन सक्ने तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि हामी अवसरबाट बञ्चित गराउँदैनौं,’ कोइराला भन्छन्, ‘गाउँपालिकाबाट आर्थिक विपन्न भएको प्रमाण जुट्ने कागज ल्याएको अवस्थामा निःशल्क सहभागी गराउने छौँ ।’
काठमाडौंमा हुने मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा हुनेछ । मेगा अडिसनमा चार जना निर्णायकसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने छन् । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ । प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ ।
२० बाट १० सम्म ५०र५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहने छ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ । विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।



लाेकपाटी न्यूज

