काठमाडौं, १५ चैत। महानिरीक्षक कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको फाइनल खेलमा न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्रले उपाधि जितेको हो।
सशस्त्रले खेल २५–१२, २५–११ र २५–११ को सोझो सेटमा जित्यो । योसँगै सशस्त्रले एकै वर्षमा खेलेका ११ फाइनलबाट १० ओटा उपाधि जितेको छ। उपाधिसँगै सशस्त्रले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो। उपविजेता बनेको न्यू डायमन्डले एक लाख २५ हजार रुपैयाँ पायो।
यस्तै, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ जित्यो । शुक्रबारै भएको तेस्रो स्थानको भिडन्तमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको थियो।



लाेकपाटी न्यूज

