एजेन्सी । अर्जेन्टीना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गरेको गोल बार्सिलोनाको इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल घोषणा गरिएको छ ।
मेस्सीले सन् २००७ मा गेटाफेविरुद्ध गरेको गोल क्लब इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल ठहरिएको हो । बार्सिलोनाले समर्थकहरुको मतको आधारमा सर्वकालीन सर्वश्रेष्ठ गोलको छनोट गरेको हो । जसमा मेस्सीले ‘स्पेनिस कोपा डेल रे’ अन्तर्गत सेमिफाइनलमा गेटाफेलाई गरेको गोलले शीर्ष स्थान हात पारेको हो । पाँच लाख बढी समर्थकले गरेको मतमा मेस्सीको उक्त गोलले ४५ भोट प्राप्त गरेको थियो ।
मेस्सीले गेटाफेविरुद्ध मध्ये भागबाट बल अघि बढाउदै ४ डिफेन्डर र किपरलाई जिल्लाऊदै गोल गरेका थिए । जुन गोल बार्सिलोनाका समर्थकहरुले अत्यधिक रुचाएका हुन् । यस्तै बार्सिलोनाले निकालेको सर्वश्रेष्ठ गोलको दोस्रो र तेस्रो स्थानमा समेत मेस्सीको गोल रहेको छ । सन् २०१४ र १५ को सिजन मेस्सीले एट्लेटिको मड्रिडविरुद्ध गरेको गोल दोस्रो स्थानमा रहेको छ । उक्त गोलले २८ प्रतिशत मत पाएको छ ।
त्यस्तै मेस्सीले सन् २०१० र ११ को सिजन रियल मड्रिडविरुद्ध गरेको गोल तेस्रो भएको छ । उक्त गोलले १६ प्रतिशत मत पाएको छ ।



लाेकपाटी न्यूज

