काठमाडौं,१४चैत। कलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ।
इडेन गाडेन्समा बुधबार राति भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो।
कलकत्ताले दिएको २१९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो।
पन्जाबका लागि मायांक अग्रवालले ५८ रन बनाए।
त्यस्तै, डेभिड मिल्लरले अविजित ४३ रन बनाउँदा मन्दीप सिंहभने ३३ रनमा अविजित रहे। विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भने २० रन बनाए ।
बलिङतर्फ कलकत्ताका आन्द्रे रुसेलले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको विशाल योगफल तयार पारेको थियो।
कलकत्ताका लागि रविन उथप्पाले विष्फोटक ब्याटिङ गर्दै अविजित ६७ रन बनाए । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नितिश रानाले ६३ रन बनाए। ३४ बलको सामना गरेका नितिशले सात छक्का र दुई चौका प्रहार गरे।
त्यस्तै, कलकत्ताका लागि आन्द्रे रुसेलले उत्कृष्ट प्रदर्शन गर्दै १७ बलमै ४८ रन बनाए । उनले ५ छक्का र तीन चौका प्रहार गरे।
आईपीएल क्रिकेटमा कलकत्ताको लगातार दोस्रो जित
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लाेकपाटी न्यूज

