विश्वकप फुटसल खेल्न नेपाली टोली बिहीबार अर्जे्न्टिना जाँदै

world-cup-pic
लाेकपाटी न्यूज

काठमाण्डौ,१४चैत। विश्वकप खेल्न नेपाली टोली बिहीबार अर्जे्न्टिना प्रस्थान गदैछ। नेपाल फुटसल सङ्घले अर्जे्न्टिनामा आयोजना गरेको विश्वकप फुटसल प्रतियोगिताका लागि बुधबार १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

बाह्रौँ संस्करणको त्यस प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो।
नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन्।

टोली प्रशिक्षकमा कमल विष्ट छन्। नेपाल समूह ‘डी’ मा छ। त्यस समूहमा क्यानडा, क्याटलोनिया (स्पेन) र फ्रान्स छ।  नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ।

दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्। विश्वकप फुटसलमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो।