काठमाडौं, ९ चैत । ज्याक माले बिजनेसको जोखिमसँग डराउनेलाई बिजनेस म्यान बन्ने कुनै अधिकार नभएको बताएका छन् ।
डाभोसमा भलिरहेको वल्ड इकोनोमिक फोरमको बार्षिक बैठकमा उनले बिजनेससँग डराउने मानिसका लागि जागिर उत्तम विकल्प रहेको बताएका छन् । तपाईं कसलाई नोकरी दिनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले जो म भन्दा स्मार्ट छ उसैलाई जागिर दिन्छु भन्ने उत्तर दिएका थिए । उनले भने, ‘म यस्ता व्यक्तिलाई मन पराउँछु, जो आगामी ४ ५ वर्षमा मेरो पनि मालिक बन्न सकोस् । सकारात्मक सोच राख्ने र कहिल्यै हार नमान्ने मानिस मन पर्छ ।’
अलिबाबाको सफलताको शुत्र बाड्दै माले भने म एक शिक्षक थिए । शिक्षकले सधैँ विद्यार्थी आफुभन्दा जान्ने होस भन्ने चाहान्छ । नियम एक मानिसलाई आफुभन्दा उत्कृष्ट बन्न सहयोग गर्नुहोस । नियम दुई यदि तपाईंले केहि कुरा बदल्न सक्नु भएन भने आफै बदलिनुस् ।
उनले उद्यमीहरुलाई साझेदारीमा व्यापार नर्गन सल्लाह दिएका छन् ।आफ्नो साथिलाई कारोबारमा सामेल गर्न नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘मित्रता व्यापार भन्दा ठूलो हुन्छ । ’आफ्ना बालबालिकालाई रचनात्मक सोच्ने बनाउन उनको सुझाव छ ।उनीहरुलाई मेसिनले गर्न नसक्ने काममा प्रेरित गर्न पनि उनले सुझाव दिए ।



लाेकपाटी न्यूज