काठमाडौं। ‘ए बिना चलचित्र’ तामाङ्ग संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र संगीत फिल्मको ब्यानरबाट निर्माण गरिएको छ। ए बिना अर्थात् तिमी बिना फिल्ममा समसामाजिक, लव स्टोरी एक्सन तथा परदेशी जीवनलाई चित्रण गरिएको छ।
यस चलचित्रको निर्देशक विजय तामाङ्ग हुन्। चलचित्रमा बसन्त लामा र धन बहादुर लामाको डेब्यु नायक रहेको र सुश्मा मोक्तान नायिकाको भूमिकामा छिन्। विजय तामाङ्गले ‘एला मायासे सेम्ला नाङसाल’ जस्ता उत्कृष्ट चलचित्र निर्देशन गरिसकेका छन्।
चलचित्रमा राजु किराँतको द्धन्द्ध, बिशाल थिङ्गको संगीत र गायन रहेको छ। चलचित्रको विजय तामाङले नै कथा र नृत्य निर्देशकको भू्मिका निभाएका छन्। त्यसैगरि चलचित्रमा सन्तोष पिठाकोटी र निरोज लामाको छायाङ्कन रहेको छ।
चलचित्र नेपालको पर्यटकीय क्षेत्र पोखरा, धम्पुस काठमाडौँ, युएइ लगायतका ठाउँमा छायाङ्कन गरिएको हो। ४५ दिन लगाएर छायाङ्कन सकिएको निर्माण नियन्त्रक सागर महत र घनश्याम पुन मगरले जानकारी दिए।
चलचित्र अप्रिल ५ मा युएइको दुबईस्थित नासा क्लबबाट प्रिमियर सो हुने भएको छ। तामाङ संस्कृतिमा आधारित चलचित्र नेपालको मौलिक चलचित्र भएको र यसले नेपाली भाषा–संस्कृतिमा महत्वपूर्ण भूमिका खेल्ने निर्देशक तामाङले बताए।



लाेकपाटी न्यूज

