विराटनगर, ६ चैत । साफ महिला च्याम्पियनसिपमा नेपाल र श्रीलंकाबीच केहि अघि भएको खेलमा नेपालले श्रीलंकामाथि शानदार जित हासिल गरेको छ ।
श्रीलंकालाई पराजित तर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।
नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको गर्दै जीत हात पर्न सफल भयो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।
सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो ।३५ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएपछि गोलको खडेरी तोड्दै पुनम जर्घामगरले सावित्रा भण्डारीको हेड पासमा सुन्दर गोल गरिन् । ७३ औं मिनेटमा नेपालले अर्को गोल थप्यो । श्रीलंकाली गोलकिपरले क्लियर गरेको बललाई रोकेर अनिताले गोल गर्न सफल भइन् ।
८२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपालको अग्रता अझै फराकिलो बनाइन् । खेलको ८६ औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै ४–० गोलको अग्रता दिलाइन् । ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी उनले प्रतियोगितामा पहिलो गोल गरेकी हुन् । नेपालले उपाधिका लागि भारत र बगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।



लाेकपाटी न्यूज

