काठमाडौं, ४ चैत । सुनकाे भाउमा केही गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।
आइतबार सुनको भाउ तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।
चाँदी भने आज तोलमा रु ७३० मा काराेबार भैरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज