काठमाडौं, २९ फागुन । गायिका कामना प्रसाईंको स्वरमा रहेको ‘कसो गरी माया बस्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नरेन्द्र राज प्रसार्इंको शब्द रहेको गीतमा टिका भण्डारीको संगीत र कुमार थापाको संगीत संयोजन रहेको छ । सार्वजकि भिडियोको छाँयाकन मुकेश हुँमागार्इं र टिमको रहेको छ भने श्रृंगार कबिता तोलांगीको रहेको छ ।
भिडियोको सम्पादन अमृत चाँपागार्इंले गरेका छन् भने अडियो भिडियो जनता डिजिटलको रहेको छ । निक्स शर्मा र अनु पराजुली को अभिनय रहेको भिडियोलाई मुनाल शिषिर कोईरालाले निर्देशन गरेका हुन् ।



लाेकपाटी न्यूज

