तामाङ कथानक चलचित्र ‘ए विना’ युएईमा प्रदर्शन हुँदै

ए विना01
लाेकपाटी न्यूज

युएई, २९ फागुन । नेपाली कथानक चलचित्रसँसँगै जातीय चलचित्रहरु प्रवासमा प्रदर्शन गर्ने क्रम बढ्दो छ । तामाङ कथानक चलचित्र देन्बा माया पछि युएईमा दोस्रो पटक तामाङ भाषामा बनेको चलचित्र ‘ए विना’ प्रदर्शन हुने भएको हो ।

समसमायिक लभस्टोरी, एक्सन र परदेशीहरुको जिवनलाई चित्रण गर्न खोजेको उक्त चलचित्रमा विजय तामाङ, सुस्मा मोक्तान तामाङ, वसन्त लामा, धन बहादुर लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

संगीत फिल्मको ब्यानरमा तयार पारिएको चलचित्र ‘ए विना’ को निर्देशन विजय तामाङले गरेका हुन भने निरोज लामा, धन बहादुर लामा र वसन्त लामाले निर्माण गरेका हुन् । काठमाडौं, पोखरा र युएई लगायतका ठाउँहरुमा छायांकन गरेको यो चलचित्रको द्वन्द निर्देशन भने राजु किराँतीले गरेका हुन् । यस चलचित्रको गीतहरुमा स्वर भने वविता पाख्रिन र विशाल थिङको रहेको छ ।

समसमायिक परदेशीहरुको कथा, लभस्टोरी र एक्सनले भरिपुर्ण रहेको चलचित्र ‘ए विना’ दर्शकश्रोताहरुले मन पराउनेमा ढुक्क रहेको उक्त चलचित्रका नायक वसन्त तामाङले जानकारी गराएका छन् । युएईको दुबई शहरस्थित नशा क्लबमा यही आउँदो अप्रिल ५ तारिखको दिन प्रिमियर शो गर्ने भएको हुँदा सम्पूर्ण युएईबासीलाई फिल्म हेर्न अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्