काठमाडौं, २२ फागुन । युनाइटेड वल्र्ड रेस्लिङ ‘यू डब्ल्यू डब्ल्यू’ ले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन ‘डब्ल्यू डब्ल्यू एफ आई’ सँग संवाद र सम्बन्ध तोड्न निर्देशन दिएको छ ।
कुस्तीको अन्तर्राष्ट्रिय संस्था यू डब्ल्यू डब्ल्यूले हालै नयाँदिल्लीमा आयोजित सुटिङ्ग वल्र्ड कप प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई भारतले भिसा नदिएको विरोधमा यस्तो निर्देशन दिएको हो ।
साथै भारतलाई ओलम्पिक वा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ‘आईओसी’ मा सिफारिससमेत गरेको छ । गत १४ फेब्रुवरीमा काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानका सुटिङ खेलाडीहरुलाई भिसा दिन भारतले अस्वीकार गरेको थियो । पुलवा आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।
भिसा प्रकरणपछि आईओसीले पुरुष २५ मिटर्र यापिड फायर पिस्तोल इभेन्टका दुई वटा ओलम्पिक कोटा रद्द गरिदिएको थियो ।



लाेकपाटी न्यूज

