‘व्यवसायिक वातावरण नभए आन्दोलन गर्छाैँ’

photo
लाेकपाटी न्यूज

काठमाण्डौं, २० फागुन । काठमाण्डौं मलका व्यवसायीले मलमा व्यवसायिक वातावरण नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘द काठमाण्डौं मल’ व्यपार संघको साधरण सभामा काठमाण्डौं मलका व्यवसायीहरुले व्यवसायीक वातावरण नभएसम्म भोक हडताल गर्ने चेतावनी दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले महासंघ सँधै व्यवसायीको पक्षमा भएकाले काठमाण्डौं मलका व्यवसायीको पक्षमा भएको बताएका छन् । महासंघले साना व्यवसायीलाई परेको समस्याको विषयमानिरन्तर आवाज उठाएको भन्दै व्यवसायीले काम गरेर खाने अधिकारको लाग आफु सँधै लड्ने प्रतिबद्धता व्यक्त गरे । व्यवसायी एकताबद्ध भए मात्र आफ्नो समस्या समाधान गर्न सकिने उनीहरुले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले व्यवसायीले ढुक्कसँग व्यवसाय गर्न वातावरण नभएको भन्दै सरकारलाई बाहाल सम्बन्धी स्पष्ट कानुन बनाउन अग्रह गरेका छन् । उनले भने, ‘आज बस भन्ने भोली उठेर जा भन्दा व्यवसायीक वातावरण कसरी भयो ?’ समृद्ध नेपाल कुनै आसेपासेको लागिमात्र नभएर सबैको लागि हुनु पर्ने उनको भनाइ छ । उनले सम्झौता अनुसार बाहाल तिरेर बसेको व्यवसयीलाई सञ्चयकोषले त्यसै उठाउन नमिल्लने बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेस कटुवाल काठमाण्डौं मलमा व्यवसायीमाथि कुटनितिक अत्याचार भएको बताउँछन् । अध्यक्ष कटुवालले व्यवसायीलाई ढुक्कसँग व्यवसाय गर्ने वातावरण नबनाए काठमाण्डौं मलसहित राष्ट्रिय व्यवसायी महासंघले सडक सघर्ष गर्ने चेतावनी दिएका छन् । उनले सरकारले सानाव्यवसायीलाई हेप्ने गरेको भन्दै समृद्ध नेपालको लागि सबैलाई समेट्न आवश्यक रहेको बताए ।

यदि सरकारले व्यवसायाई विस्थापित गरिहाले पनि क्षतिपुति दिनु पर्ने उनको भनाइ छ । ‘द काठमाण्डौं मल’ व्यपार संघका अध्यक्ष सुष्मा महराले सञ्चयकोषले काठमाण्डौं मलमा टेन्डर मार्फत बोलाएर अत्यचार गरेको बताएकी छन । उनले सञ्चयकोषले काठमाण्डौं मलको विषयमा कुनै पनि निर्णय गर्दा व्यवसायीसँग सिधै संवाद गर्न भनेकी छन् । उनले काठमाण्डौं मलमा कुनै राम्रो सुविधा नभएको भन्दै राम्रो वातावरण बनाउन आग्रह समेत गरेकी छन् । काठमाण्डौं मलमा इलेक्टीक भर्याङ, लिफ्ट, सौचालयमासमस्या रहेको छ । हालै सञ्चयकोषले व्यवसायीक वातावरण बनाउन छाडेर पहिला टहराका व्यपारीलाई हटाउने र विस्तारै मल नै खाली गर्ने रणनीति लिएको उनको भनाइ छ ।

यस्तै उपभोत्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वर्षौ देखीआएका व्यवसायीलाई कसैले त्यसै हटाउन नमिल्ने बताएका छन् । नेपालमा केहि व्यवसायी सरकारी संरचनामा बिना बाहाल वर्षौ व्यवसाय गर्दै आएको भन्दै वाहाल तिरेर व्यवसाय गर्दै आएकालाई त्यसै हटाउन खोजे व्यवसायीलाई चुप लागेर नबस्न आग्रह गरेका छन् । व्यवसायी सङ्गठित भए कसैले दबाउन नसक्ने बताउँदै उनले उपभोक्त मञ्च सामाजिक न्यायको लागि लडेकोले व्यवसायीलाई दलाली प्रथाबाट मुक्त हुन आग्रह गरेका छन् ।

नेपाल प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने, ‘समृद्ध नेपालसुखी नेपालीको सपना तबमात्र पुरा हुन्छ, जब व्यवसायीक वातावण निमार्ण हुन्छ ।’ उनले नेपालको प्रेस जगत निरन्तर व्यवसायीक वातावरण निमार्ण गर्नलागि परेको बताएका छन् ।

‘द काठमाण्डौं मल’ व्यपास संघका सल्लाहकार उज्जलजङ्ग शाहाले व्यवसायी कसैको गुलाम नभएको भन्दै व्यवसायी एक भएर आफ्नो हकको लागि लड्ने बताएका छन् । ४ अर्ब लगानी भएको मलमा सञ्चसकोषले व्यवसायीलाई हटाउन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्