नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

636779700225818288
लाेकपाटी न्यूज

काठमाडौ‌ं, १९ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो ।

उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्