पद्मोदय खुल्ला भलिबल आजदेखि

52958297_2508752625864488_815163631476932608_n-696x348
लाेकपाटी न्यूज

चितवन १८ फागुन । पर्यटकीय नगरी पटिहानीमा आज (शनिबार) देखि सुरु हुने ‘पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५’ को तयारी पूरा भएको छ। शिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा यहीँ फाल्गुन १८ गतेदेखि २० गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ।

हरेक वर्षको महाशिवरात्रीको अवसरमा प्रतियोगिता हुँदै आएको छ। प्रतियोगितामा १४ टोलीको सहभागिता हुने क्लबका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए। उद्घाटन खेलमा आयोजक पद्मोदय युवा क्लब र कञ्चन समाज विकास परिषदले प्रतिस्पर्धा गर्ने सेढाईले बताए। आजकै दोस्रो खेलमा हिमाल युवा क्लबले निरन्तर पार्वतीपुरको सामना गर्ने छ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु. ५० हजार, रु. ३० हजार र रु. १०/१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विभिन्न विधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रतियोगिताको टिम दर्ता शुल्क रु २ हजार तोकिएको छ।

प्रतियोगिताका प्रबद्र्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन्। विगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो।