एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।
कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सेभियालाई पराजित गरेको हो । यस्तै लुइस स्वारेजले एक गोल गरे । घरेलु टोली सेभियाका जेसस नाभास र गाब्रियल मेर्काडोले एक–एक गोल गरे । लमेस्सीले करिअरको ५० औं ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले तालिकामा १० अंकको अग्रता बनायो ।
नाभासले २२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले १६ यार्ड टाढाबाट भलीमा गोल गर्दै २६ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ६७ औं मिनेटमा दोस्रो गोल गरेका उनले ८५ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
बार्साले २५ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिकोको ४७ अंक छ । सेभिल्ला ३७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।



लाेकपाटी न्यूज

