नेपालले दियो मलेसियालाई १ सय २७ रनको लक्ष्य

women cricket
लाेकपाटी न्यूज

काठमाडौं, ७ फागुन । आइसिसी महिला टि–२० र एकदिवसीय विश्वकपको एसिया छनोटमा नेपालले मलेसिया सामु १ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्याण्डको बैंककमा भएको छनोट खेलमा सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले मलेसिया सामु सो लक्ष्य प्रस्तुत गरेको हो ।

छनोट खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाउन सफल रह्यो ।

ओपनर सिताले ४० बलमा २ चौका प्रहार गर्दै ४२ रनको पारी खेलेपछि नेपाल सो लक्ष्यमा पुगेको हो । पहिलो विकेटका लागि उनले काजोल श्रेष्ठसँग ४६ रनको साझेदारी गरेकी थिइन । काजोलले १६ रन जोडिन्।

यस्तै दोस्रो विकेटका लागि सिताले इन्दु बर्मा र तेस्रो विकेटका लागि कप्तान रुविना क्षेत्रसँग समान २५–२५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेकी थिइन् । रुविना ३३ रनमा नटआउट रहिन् भने इन्दुले १३ रन बनाइन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेत गरी ७ टोलीको सहभागिता छ ।