काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले बैंकहरुको निक्षेप र ऋणको ब्याजदर घटाउने निर्णय गरेको छ ।
उद्योगीहरुले ऋणको ब्याजदर घटाउनु पर्ने माग राख्दै आएपछि निक्षेप र ऋणको ब्याजदरबीचको अन्तर परिर्वतन गर्ने निर्णय गरेको हो ।
सोमबार साँझ बसेको संचालक समितिको बैठकल उद्योगीहरुको मागलाई सम्बोधन गर्ने तथा मौद्रिक नीतिको समीक्षा समेत गर्ने गरीे बैंकको निक्षेप र ऋणको ब्याजदरबीचको अन्तर पाँच प्रतिशत भन्दा कम राख्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले मौद्रक नीतिको समीक्षा मार्फत उक्त अन्तर पाँच प्रतिशतसम्म रहने व्यवस्थालाई कम गर्ने निर्णय गरेको बताए ।
सोमबार नै बैंकको ब्याजदर हेरफर गर्न बैंकहरु र उद्योगीसँग अर्थमन्त्री युवराज खतिवडाले पनि छलफल गरेको थिए ।



लाेकपाटी न्यूज

