काठमाडौं, २९ माघ । मङ्गलबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले घटेर ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ५ सयमा किनबेच भइरहेको छ ।
चाँदी आज बजारमा तोलामा पाँच रुपैयाँले घटेर ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।



लाेकपाटी न्यूज