‘तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ’

UAE Programme
लाेकपाटी न्यूज

अनिस तामाङ, २६ माघ । तामाङहरुको सामाजिक संस्था तामाङ समाज युएईले दुबईमा तामाङ संस्कृति जगेर्नाका लागि ‘तामाङ समाज युएईको शान तामाङ सांस्कृतिक तामाङ पहिचान’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार साँझ–२०१९ सम्पन्न गरेको छ ।

तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्व सांसद बहादुरसिंह तामाङको प्रमुख आतिथ्यता, तामाङ समाज युएईका संस्थापक अध्यक्ष तथा किस्पाङ गाउँपालिका नुवाकोटका अध्यक्ष छत्र लामा, सेलो गायक सञ्जीव वाइवा, नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

UAE Programme

कार्यक्रममा तामाङ समाज युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम दोङले सरकारी कामकाजको भाषामा तामाङ भाषालाई मान्यता दिन नेपाल सरकारको ध्यानाकर्षण गराए । सांसद बहादुरसिंह तामाङले तामाङहरुको एकतामा जोड दिँदै राष्ट्रिय राजनीतिमा तामाङहरु अगाडि आउनुपर्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष छत्र लामाले पनि तामाङ समाज युएईको स्थापना कालदेखि वर्तमानसम्मका गतिविधिबारे चर्चा गरेका थिए । कार्यक्रममा यस वर्षको प्रेसिडेन्ट अवार्ड–२०१९ को उपाधि कार्यक्रम संयोजक भीम दोङलाई प्रदान गरिएको छ ।

UAE Programme

तामाङ समाज युएईका संस्थापक चार जना सदस्यहरु छत्र लामा, राम मोक्तान, विमल तामाङ, लेक योञ्जन तामाङ लगायत नेपालबाट आमन्त्रित अतिथिहरु सांसद बहादुरसिंह तामाङ, सेलो गायक सञ्जीव वाइवालाई सामाजिक क्षेत्रमा दिएका योगदानको प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सेलो गायक सञ्जीव वाइवाले आफ्नो आधा दर्जनभन्दा बढी गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । एउटा कुरा मनमा थियो, परदेशमा बस्ने ए हजुर, हिमाल पारी सीमाना गाउँ, आप्पलाई मेरो फ्याफुल्जि, जाडो है महिना लगायतका थुप्रै उत्कृष्ट सेलो गीतहरु प्रस्तुतिका साथमा स्थानीय कलाकारको प्रस्तुतिले माहौललाई संगीतमय बनाएका थिए ।

UAE Programme

कार्यक्रमको अन्तिम अन्तिममा नवगायक प्रख्यात मोक्तानको ङेङ्कोर गीतको एल्बम सांसद बहादुरसिंह तामाङ लगायतका अतिथिहरुले विमोचन गरेका थिए । उक्त एल्बममा मादन गाउँको, ह्याङला सोनाम ल्होछार, ह्याङला डम्फू लगायत चार ओटा गीतहरु समावेश रहेका छन् भने स्याल्पा तेञ्जिन रिन्पोछेद्वारा लेखित एक सय हितोपदेश किताब कार्यक्रम वितरण गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्