एजेन्सी । ब्राजिलको सबैभन्दा ठुलो फुटबल क्लव मध्ये एक फ्लेमिन्गो क्लवको ट्रेनिङ सेन्टरमा भएको आगलागीबाट १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ६ युवा खेलाडी र ४ कर्मचारी रहेका छन् भने ३ जना गम्भिर घाइते भएका छन् ।
रियो डी जनेरियोमा स्थित यस प्रशिक्षण केन्द्रमा भएको आगलागीको कारण अझै पत्ता लागेको छैन । फ्लेमिन्गो विश्वव्यापी मान्यता पाएको ब्राजिलको सबैभन्दा ठूलो फुटबल क्लब हो । यस क्लवले ब्राजिलको सीरीज ए टेबलको दोस्रो स्थानमा छ ।
ब्राजिलका महान फुटबलर रोनाल्डिनाहोले ट्वीट गरेर यस घटना प्रति समवेदना व्यक्त गरेका छन् । जी १ न्युजका अनुसार ब्राजिलको स्थानीय समयअनुसार ५ बजेर १० मिनेटमा आगो लागेको थियो सो आयो साँझको साढे ७ बजे मात्र नियन्त्रणमा आएको थियो ।
पिडितको पहिचान हुन नसके पनि उनीहरु १४ देखि १६ वर्ष उमेरका हुन् भनिएको छ । यस स्थानमा केहि समय अगाडी ठुलो वर्षा र तुफान आएको थियो । तर, यस स्थानमा बिजुली र पानीको संकट छ ।



लाेकपाटी न्यूज

