राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै

Bidya-Devi-Bhandari
लाेकपाटी न्यूज

काठमाडौं, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएक िछिन् । आगामी अलिप्रमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन उनी चीन जाने भएकी हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको निम्तापत्र नेपालस्थित चिनीया राजदूत होउ याङ्छीले राष्ट्रपति भण्डारीलाई गत साता हस्तान्तरण गरी सकेकी छन् । राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटघाट र वार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने पनि कार्यक्रम छ ।

चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्