नेपालको खराब शुरुआत

cricket_pics
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । युएईविरुद्ध दोस्रो टी-ट्वान्टी खेलिरहेको नेपाली टोलीले खराब शुरुआत गरेको छ ।

शुक्रबार घरेलु टोलीविरुद्ध शुरुआती ओभरमै नेपालको दुई विकेट पतन भइसकेको छ । इएसपिएनक्रिकइन्फोका अनुसार कप्तान पारस खड्का मोहम्मद नाभिदको बलमा खातै नखोली पेभेलियन फर्के । त्यस्तै ओपनर प्रदीप ऐरी ८ रनमा आउट भए ।

paras

नेपाल युएईले दिएको १०८ रनको लक्ष्य पछ्याइरहेको छ । युएईको ब्याटिङ लाइनअप सखाप पार्ने क्रममा अभिनाश बोहराले ३ विकेट लिए भने सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान दुई/दुई विकेट हात पारे ।