काठमाडौं, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले पहिले बलिङ गरिरहेको नेपालले एकै ओभरमा दुई विकेट लिएका छन् ।
शुक्रबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई तेस्रो र चौथो सफलता लेग स्पिनर सन्दीप लामिछानेले दिलाएका हुन् । उनले खेलको छैटौं ओभरको अन्तिम दुई बलमा युएईका साइमन अन्वार र मोहम्मद उस्मनलाई आउट गरेका हुन् । यसअघि सोमपाल कामीले दुई विकेट लिएका थिए ।
उनले खेलको पहिलो ओभरमा असफा अहमदलाई पेभेलियनको बाटो देखाए । त्यस्तै खेलको तेस्रो तथा व्यक्तिगत दोस्रो ओभरमा कामीले गुलाम सब्बारलाई विकेटकिपर प्रदीप ऐरीको हातबाट क्याच गराए ।
तीन खेलको टी-ट्वान्टी सिरिजअन्तर्गतको बिहीबारको पहिलो खेल नेपालले २१ रनले गुमाएको छ । सिरिजमा लय समात्न आज नेपालले जित्नैपर्ने छ ।



लाेकपाटी न्यूज

