नेपाललाई पाँचौं झट्का, रोहित आउट

Rohit Paudel
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । युएईविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको नेपाली टोलीले खराब ब्याटिङ गरिरहेको छ ।

दश ओभरको खेल सकिँदा नेपालको पाँच विकेट गुमिसकेको छ । नेपालका प्रभावशाली ब्याट्सम्यान पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी र रोहितकुमार पौडेलको विकेट गुमिसकेको छ ।

नेपालले दशौं ओभरको खेल चलिरहँदा युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई गुमाएको हो । उनी ८ बलमा ४ रन बनाउँदै पेभेलियन फर्के ।

अहिले क्रिजमा सन्दीप जोरा र करण केसी छन् ।