काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपालले खराब शुरुआत गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आउट भएका छन् । खेलमा आश देखाइरहेका कप्तान पारस खड्का पनि आउट भएका छन् । उनी जहोर खानको बलमा सुल्तानको हातबाट क्याच भए । आउट हुनुअघि कप्तान खड्काले २५ बलमा २५ रननै बनाएका थिए । त्यसक्रममा उनले ४ चौका हिर्काए ।
युएईका मोहम्मद नाविदको बलमा ओपनर प्रदीप ऐरी पहिलो बलमै आउट भएका थिए भने नेपालका लागि दोस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर पेभेलियन फर्के ।
तेस्रो विकेटका रुपमा नेपालले युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमायो । उनी ४ बलमा २ रन बनाउँदै आउट भए ।
अहिले क्रिजमा दुई युवा ब्याट्सम्यान सन्दीप जोरा र रोहितकुमार पौडेल छन् ।



लाेकपाटी न्यूज

