काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपालले खराब शुरुआत गरेको छ ।
युएईका मोहम्मद नाविदको बलमा ओपनर प्रदीप ऐरी पहिलो बलमै आउट भए भने नेपालका लागि दोस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर पेभेलियन फर्के ।
तेस्रो विकेटका रुपमा नेपालले युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमायो । उनी ४ बलमा २ रन बनाउँदै आउट भए ।
अहिले क्रिजमा कप्तान पारस खड्कालाई सन्दीप जोराले साथ दिइरहेका छन् ।



लाेकपाटी न्यूज

