काठमाडौं, १६ माघ । बुधबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको भाउ तोलामा दश रुपैयाँले वृद्धि भएको छ ।
आज बजारमा छापावाला सुन प्रतितोला रु. ६२ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ६१ हजार ९ सयमा किनबेच भइरहेको छ ।
चाँदी तोलाको रु. ७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । आजको सुनचाँदीको भाउ माघ महिनाकै उच्च हो ।



लाेकपाटी न्यूज