सुनचाँदीको भाउ माघकै उच्च, कतिले हुँदैछ कारोबार ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ तथा चाँदीको तोलामा पाँच रुपैयाँले बढेको छ ।

आज बजारमा छापावाला सुन तोलाको रु. ६१ हजार ४ सय तथा तेजावी सुन रु. ६१ हजार १ सयले कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलाको रु. ७७० मा कारोबार भइरहेको महासंघले जनाएको छ । आजको सुनचाँदीको भाउ माघ महिनाकै उच्च हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्