घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । आइतबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले घटेर रु. ६० हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ६० हजार ५ सयमा किनबेच भइरहेको छ ।

आज चाँदी तोलामा दशले घटेर रु. ७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्