काठमाडौं, ६ माघ । प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४-३ गोलले हराएको छ ।
गएराति लिभरपुलको घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई खेलको ३४ औं मिनेटमा एन्द्रोस टाउनसेन्डले गोल गर्दै अग्रता दिलाए ।
तर, दोस्रो हाफमा लिभरपुलले शानदार कमब्याक गर्यो । खेलको ४६ औं मिनेटमा लिभरपुलका मोहमम्द सलाहाले बराबरी गोल फर्काए । त्यस्तै खेलको ५० औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा पुर्याए ।
खेलको ६५ औँ मिनेटमा क्रिस्टल प्यालेसका लागि टमकिन्सले बराबरी गोल गरे । खेलको ७५ औ मिनेटमा लिभरपुललाई मोहमम्द सलाहाले गोल गर्दै अग्रता दिलाए ।
खेलको ८८ औं मिनेटमा लिभरपुलका जेम्स मिलनरले रेड कार्ड खाए । र, लिभरपुल १० जनामा सीमित बन्यो । त्यसको एक मिनेटमै साइडो मानेले शानदार गोल गरे । त्यस्तै खेलको अन्तिम मिनेटमा लिभरपुलविरुद्ध म्याक्स मेयरले गोल गरेका थिए ।



लाेकपाटी न्यूज

