काठमाडौं, १ माघ । मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा चार सयले बढेर रु. ६१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ६० हजार ७ सयमा किनबेच भइरहेको छ ।
चाँदी पनि आज तोलामा पाँच रुपैयाँले बढेर रु. ७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज