ला लिगामा मेस्सीको ४ सय गोल

leonal Messi
लाेकपाटी न्यूज

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जीत निकालेको छ । आइतबार राति भएको खेलको बार्सिलोनाले इबरलाई ३ – ० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई घरेलु मैदानमा जिताउन लुइस स्वारेजले दुई गोला गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ५३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

यस गोलसँगै मेस्सीले ला लिगामा ४ सय गोल पूरा गरेका छन् । मेस्सीले ला लिगामा खेलिएको ४३५ खेलमा ४ सय गोल पूरा गरेका हुन् । ला लिगामा चार सय गोल पूरा गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।

त्यस्तै खेलको ५९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ – ० को अवस्थामा पुर्‍याए । र, खेल बार्सिलोनाले जित्यो ।