काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले उद्यमशीलताबारे अभिमुखीकरण अभियान सञ्चालन गर्न र लगानी परिचालन गर्न ‘नेपाल क्यापिटल पार्क लिमिटेड’ कम्पनीको प्रवर्धन गर्ने निर्णय गरेको छ ।
पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् पार्टीको निर्णय सार्वजनिक गर्दै सहयोगका लागि अपील गरेका हुन् । यस्तो छ डा. भट्टराईको स्टाटस ।
‘‘पर्यटकीय केन्द्र चितवनको सौराहाबाट नयाँ शक्ति नेपालले ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने आफ्नो केन्द्रीय नारालाई ठोस रूप दिन मूर्त कार्यक्रम अघि सारेको छ ।
पार्टीको श्रम, अर्थ, वित्त र उत्पादन तथा स्वरोजगार विभागद्वारा आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीबाट प्रदेश र जिल्ला स्तरमा उद्यमशीलताबारे अभिमुखीकरण अभियान सञ्चालन गर्न र लगानी परिचालन गर्न ‘नेपाल क्यापिटल पार्क लिमिटेड’ कम्पनीको प्रवर्धन गर्ने निर्णय गरिएको छ ।
यसरी सत्तामा नपुग्दै पार्टीले जनताबीच मोडेल आर्थिक विकास कार्यक्रम सम्पन्न गरेर राष्ट्रिय समृद्धि अभियानको नेतृत्व गर्ने अठोट गरेको छ। सबैबाट साथ र सहयोगको अपेक्षा गरिन्छ ।’’




लाेकपाटी न्यूज