बनियानी, २४ पुस । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मौरीपालनका लागि सरकारले छुट्टै नीति निर्माण गर्ने बताएका छन् ।
नेपाल मौरीपालक महासङ्घको २०औँ वार्षिक साधारण सभाका अवसरमा आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले मौरीको चरनको क्षेत्रमा विषादी प्रयोग गर्ने जो कोहीलाई कारवाही गरिने उल्लेख गरे ।
आयात न्यूनीकरण गर्नाका साथै स्वदेशी महलाई बजारीकरणमा सहयोग गर्नसमेत उनले सरोकारावाला निकायलाई आग्रह गरे । ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु हामी सबैको दायित्व हो’ मन्त्री खनालले भने ।
महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



लाेकपाटी न्यूज