काठमाडौं, ४ मंसिर । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग (पीएसएल) टी -ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर कालान्दरले किनेको हो । उनी गोल्ड श्रेणीमा रहेका थिए । उनले न्यूनतम ५० हजार डलर पारिश्रमिक पाउनेछन् । उनले पचास लाखभन्दा बढी नेपाली रुपैयाँ पाउने भएका छन् ।
उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा २० लाख भारु पाएका थिए । उनको टिममाएबी डी भिलियर्स, फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेट, साहिद अफ्रिदी जस्ता प्रभावशाली खेलाडी छन् ।
पीएसएल १७ फेब्रुअरी देखी १७ मार्चसम्म हुनेछ । पीएसएलमा जम्मा ६ टिमले सहभागिता जनाउनेछन् ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा नामसँगै दाम पनि उस्तै कमाइरहेका छन् । आइपीएल उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले यसै सिजन अष्ट्रेलियन लिग बिग बास क्लबमा अनुबन्धित भएका छन् ।
उनले क्यानेडियन लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग खेलेर आफ्नो प्रतिभा देखाइसकेका छन् ।



लाेकपाटी न्यूज

