नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ समग्रमा फ्लप पुग्यो । फिल्मले हालसम्म ८९ करोड भारु कमाएको अनुमान गरिएको छ । फिल्मले हालसम्म कमाइको मामिलामा कुनै पनि रेकर्ड बनाउन सकेको छैन । शाहरुख खानको फिल्म फिल्म ‘जिरो’ संसारभरका ४ हजार ४ सय स्क्रिनमा रिलिज भएको थियो ।
फिल्ममा शाहरुख खान ‘बामपुड्के’को भूमिकामा प्रस्तुत भएका छन् । कट्रिना कैफले सुपरस्टार बबिता कुमारीको भूमिका निभाएकी छन् भने अनुष्का शर्मा एक वैज्ञानिकको रोलमा देखिएकी छन् ।
फिल्ममा सलमान खान, काजोल, करिष्मा, आलियाजस्ता आगन्तुक कलाकारले फिल्मलाई आकर्षक बनाएको देखिन्छ । यस फिल्मलाई विदेशका करिब १ हजार ५ सय हलमा रिलिज गरिएको थियो ।
करिब २ सय करोडको लगानीमा बनेको फिल्मले शुरुआती दिनमा १९ करोड ३५ लाख भारु कलेक्शन गरेको थियो ।



लाेकपाटी न्यूज

